धरान: सुरक्षित वचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।

सोमबार धरान १९ स्थित हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न साधारणसभा तथा अधिवेशनले हरिबहादुर कार्कीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत चयन भएको कार्यसमितिको उपाध्यक्षमा डिकबहादुर भुजेल, सचिवमा रामकुमार राई र कोषाध्यक्षमा किरण भुजेल चयन भएका छन् ।यसैगरी, सदस्यहरुमा पुष्पा सुब्बा, हरिप्रसाद त्रिताल र तोर्ण बिक पनि चयन भएका छन् । सोही अधिवेशनबाट लेखा संयोजककोरुपमा सनम तामाङ र सदस्यहरुमा विकास भुजेल, सजिता श्रेष्ठ चयन भएका छन् । ऋण लगानी समिति सदस्यमा हरि बराइली र सागर रसाइली चयन भएका छन् ।

साधारणसभाको उद्घाटन निवर्तमान अध्यक्ष चुसमान भुजेलको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष नरेश इवारम रहेका थिए । यस्तै, अतिथिहरुमा जिल्ला सहकारी संघका उपाध्यक्ष दिनेश श्रेष्ठ, संघकै महिला उपाध्यक्ष शारदा थापा मगर, धरान उपमहानगरपालिका सहकारी समन्वय समिति संयोजक मिशन लामालगायतको उपस्थिति रहेको थियो ।