धरान:विश्व खेलकुदको महाकुम्भ हो, ओलम्पिक । जो कोही खेलाडीको सपना हुन्छ, ओलम्पिकमा खेल्ने र स्वर्ण पदक जित्ने ।

हो, त्यही सपना बोकेका छन्, धरानभरिका निजी(संस्थागत) र सामुदायिक विद्यालयका विद्यार्थीहरु पनि । किनकि, धरानमा आयोजना भइरहेको छ, दोस्रो मेयर कप स्कुल ओलम्पिक । विश्व खेलकुदको ओलम्पिककै मर्मअनुरुप सानो स्वरुपमा गत बर्षदेखि स्कुल ओलम्पिक शुरुवात गरिएको थियो । त्यसलाई यो बर्ष पनि निरन्तरता दिइएको छ । ओलम्पिकमा विविध विधाका खेलकुद प्रतियोगिताहरु आयोजना हुन्छन् । स्वर्ण पदक जित्नेले संसार जित्छन् । अहिले धरानमा सञ्चालन भइरहेको स्कुल ओलम्पिकमा पनि विद्यार्थीहरुको सपना हो, स्वर्ण पदक जित्ने ।

पढाईको चटारोबीच मंसिर ५ गतेदेखि शुरु भएको हो, दोस्रो स्कुल ओलम्पिक खेलकुद कुम्भ । जसमा धरानको १३ सामुदायिक र ५१ वटा निजी स्कुलहरुले सहभागिता जनाएको छ । विद्यार्थीहरु खेलाडीकोरुपमा कुल ३ हजार ९ सयको हाराहारीमा सहभागी रहने आयोजक धरान नगर खेलकुद विकास समितिका संयोजक सुवास राईले जानकारी दिए । नगरमा खेलकुदको विकास गर्ने उद्देश्यले गत बर्ष समिति गठन भएको थियो । ‘धरान अहिले स्कुल ओलम्पिकमय भएको छ, सबै स्कुल र विद्यार्थीहरुमा खेलकुदको उत्साह छाएको छ,’संयोजक राई भन्छन्,‘स्कुल ओलम्पिकलाई हरेक बर्ष वृहत बनाउदै लैजान्छौं, धरानको लागि मात्र होइन, नेपालकै प्रतिभाशाली खेलाडीहरु उत्पादन हुनेमा आशावादी छौं ।’

.asepak takro copy

मसिर १७ गते औपचारिक समापन हुने स्कुल ओलम्पिकमा कुल १२ वटा खेल विधा समावेश छ । यो खेलविधालाई हरेक बर्ष बढाउदै लैजाने आयोजक समितिको भनाई छ । स्कुल ओलम्पिकले आधिकारिक खेलकुदका संघ एवं संस्थाहरु पनि उत्साहित छन् । किनभने, स्कुलस्तरबाट नै प्रतिभाशाली खेलाडीहरुको पहिचान गर्न सहज हुन्छ । ‘स्कुल ओलम्पिकले विद्यालय र विद्यार्थीहरुलाई खेलप्रति एकदमै रुचि जगाइदिएको छ, निजीमा त पहिला पनि राम्रै खेलकुद गतिविधि हुन्थ्यो । अहिले सामुदायिक विद्यालयहरुले पनि खेल शिक्षक राखेर सिकाउन थालेका छन्,’बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले भने,‘विद्यार्थीहरुमा पनि खेल्नुपर्छ, गोल्ड मेडल जित्नुपर्छ भन्ने भावना जगाउन सफल भएको छ ।’

गत बर्ष १० वटा खेलको विधा मात्र थियो । यो बर्ष २ वटा थप भएको छ । आयोजक समितिका अनुसार बुद्धिचाल, टेबलटेनिस, कबड्डी, एथलेटिक्स, बास्केटवल, भलिवल, ताइक्वान्दो, कराते, ब्याडमिन्टन, फुटबल, क्रिकेट र सेपाकताक्रो विभिन्न मिति, स्थानमा आयोजना भइरहेको छ । सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राई मेडल जित्न, खेलको विकासमा मात्र होइन कि विभिन्न स्कुलहरुबीचमा पनि भाइचाराको सम्बन्ध गासिएको बताउँछन् ।

46519964_1344816025695294_5603328778060169216_n copy

46728651_1960287584008610_4130258693222563840_o copy

46836750_1960287290675306_5020039354173620224_o copy

aIMG_7245 copy

IMG_7216 copy

asepak takro copy 1