रियल भालाडोलिडलाई हराएपछि बार्सिलोनालाई पछि सेभिल्ला स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार घरेलु मैदान स्टाडीयो रामोन सान्चेज पिजुआनमा भएको खेलमा सेभिल्लाले रियल भालाडोलिडलाई १(० ले हराएको हो। खेलको ३० औं मिनेटमा पाब्लो सराबियाको क्रसमा आन्द्रे सिल्भाले हेडरमार्फत गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए। खेलमा पकड जमाए पनि सेभिल्लाले थप गोल गर्न नसक्दा १(० को झिनो जित निस्कियो। शनिबार एटलेटिको म्याड्रिडले घरेलु मैदानमा बार्सिलोनालाई १(१ को बराबरीमा रोकेपछि सेभिल्लालाई शीर्षस्थानमा जाने अवसर जुरेको थियो। हालसम्म एकपटक मात्र लिग उपाधि जितेको सेभिल्ला डिसेम्बर महिनाको सुरूवातसम्म लिगको शीर्षस्थानमा रहनेछ। सेभिल्लाले सन् १९४५(४६ सिजनमा लिग उपाधि जितेको थियो।

setopati.com बाट साभार गरिएको