धरान: मेयर कप स्कुल ओलम्पिक २०७५ अन्र्तगत बास्केटवल प्रतियोगितामा छात्रतर्फ डिपो उच्चमावि र छात्रातर्फ नवज्योति स्कुलले स्वर्ण पदक हात पारेको छ ।

मंगलबार डिपोको बास्केटवल कोर्टमा सम्पन्न भएको फाइनलमा डिपोले कार्मेल हाइस्कुलाई ५१–४९ स्कोरको अन्तरले हराउदै स्वर्ण पदक जित्यो भने नवज्योतिले पर्वत स्कुललाई २१–१९ को अन्तरले हराउदै स्वर्ण पदक जित्यो । छात्रतर्फको फाइनलमा डिपोका वैभव योगी र कार्मेलका अनिष राई दुवैले समान २२ उच्च स्कोर गरेका थिए । फाइनलमा नवज्योतिकी लियालिसा श्रेष्ठले ११ उच्च स्कोर गरिन् भने पर्वतकी सितल तामाङले १५ स्कोर गरिन् ।

फाइनलमा पराजित भएको कार्मेल र पर्वतले रजत पदत हात पार्यो । छात्रतर्फ लोटस विद्या विहार तेस्रो हुदै कास्य पदक जित्यो भने छात्रातर्फ आइडियल स्कुल तेस्रो हुदै काँस्य पदक जित्यो । प्रतियोगितामा छात्रतर्फ डिपोका वैभव योगी र छात्रातर्फ नवज्योति स्कुलका लियालिसा श्रेष्ठ मोस्ट भ्यालुएवल प्लेयर घोषित हुदै जनही २ हजार पाए । विजेताहरुलाई जिल्ला बास्टेवल संघका अध्यक्ष नारायण सुवेदी, प्रमुख अतिथि एवं वडा नं १८ का अध्यक्ष प्रविण राई, बास्नेटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, पुर्व राखेप सदस्य एवं प्रभु श्रेष्ठलगायतले मेडल,पुरस्कार वितरण गरेका थिए ।

IMG_0517 copy

IMG_0471 copy

IMG_0530 copy

IMG_0497 copy