इटालियन क्लब युभेन्ट्स र इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएको युभेन्ट्सले स्पेनिस क्लब भ्यालेन्सियालाई र म्यान्चेस्टर युनाइटेडले योङ ब्वाइजलाई पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । युभेन्टसले भ्यालेन्सियालाई १–० गोलअन्तरले पराजित गर्न सफल भयो । आफ्नै घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सको लागि मारियो मान्डजुकिकले गोल गरेका थिए । खेलको ५९ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको पासमा मान्डजुकिकले गोल गरेका हुन् । बाँकी समयमा दुई टिमबाट गोल हुन नसकेपछि युभेन्टसले भ्यालेन्सियालाई १–० गोलअन्तरले पराजित गरेको हो । त्यस्तै, समूह एचकै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले योङ ब्वाइजलाई १–० गोलअन्तरले पराजित गरेको छ । खेलको अन्तिम समयमा गोल गर्दै म्यान्चेस्टर युनाइटेडले जित निकालेको हो ।

onlinekhabar बाट साभार गरिएको