इनरुवा: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुनसरीको पाँचौ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले तिर्थराज भण्डारी अध्यक्ष रहेको कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सुधीर गुप्ता, उपाध्यक्षद्धय राजमणी गौतम र इश्वर घिमिरे, सचिवमा रविन नेपाल, उपसचिवमा महेश पन्त र कोषाध्यक्षमा कुमार गिरी चयन गरेको छ । यस्तै, कार्यसमिति सदस्यहरुमा खेम ओझा, तिलकप्रसाद मण्डल थारु, विनोद रिजाल, गिता खडका चयन भएका छन् । उद्योग वाणिज्य संघ इनरुवमा भएको जिल्लामा अधिवेशनको उदघाटन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रभात सुवेदी र विशिष्ट उपाध्यक्ष मातृका सिवाकोटीले गरेका थिए । अधिवेशनमा सुनसरीका व्यवसायीहरुले मर्यादित व्यापारका लागि निजी तथा सरकारी क्षेत्रका पुस्तक छपाइ वितरण र ढुवानी गर्ने क्षेत्रले समयमा पुस्तक व्यवसायीहरु माँझमा दिन नसक्दा बिक्री वितरणमा भोग्नु परेको समस्याका बारेमा सरोकारवालाहरुको ध्यानाकर्षण गरेका थिए । कार्यक्रममा युपीएस इनरुवाका अध्यक्ष राजकुमार मेहता, बालमन्दिर माविका प्रधानाध्यापक सत्यनारायण मेहता, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष पञ्चदेव मेहता, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य शंकर सापकोटा, संजिव सत्याल, रंजन शर्मा, तिर्थराज भण्डारी लगायतले शुभकामना दिएका थिए ।