धरान: आजको फोहोर आजै उठाउने उद्देश्य लिएर धरान उपमहानगरपालिकाले प्रत्येक राती फोहोर संकलन गरिरहेको छ । तर, फोहोर संकलनमा आउने सफाई कर्मचारीहरुले कोशी राजमार्गअन्र्तगत धरानको भानुचोकदेखि करिब सय मिटर उत्तरमा हिजो राती फोहोर नउठाएको पाइएको छ ।

सफाई कर्मचारीहरुले फोहोर नउठाइदिदा असर गरेको भन्दै स्थानीय व्यापारीहरु गुनासो गर्छन् । उनीहरुका अनुसार धरानको बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको गरगहना उत्पादन गर्ने कारखानाबाट निस्किएको फोहोर हो । बोरामा प्याक गरिएको फोहोर मंगलबार दिउँसो नै सडक किनारमा ल्याएर थुपारिएको थियो । नाम उल्लेख नगर्न आग्रह गर्दै एक व्यापारीले भने,‘धेरै भारी भयो भनेर सफाई गर्नेहरुले फोहोर लगिदिएन । बराहको कारखानाले पनि दिउँसो नै ल्याएर फोहोर थुपारेको थियो ।’

46888741_2196900270322912_8637748620365398016_n copy

उपमहानगरले साँझ ७ देखि ९ बजेभित्र फोहोर संकलन गर्ने भएकोले उक्त समयमा आफ्नो घर, पसलभित्रको फोहोर सडक किनारमा ल्याएर राख्न आग्रह गर्दै आएको छ । तर, त्यस आग्रह विपरीत दिउँसो नै फोहोर सडकमा थुपार्ने गरेको छ । उपमहानगरले अनुगमन र नियम मिच्नेलाई कारबाही नगर्दा लापरवाही भइरहेको छ । शहरको सौन्दर्य बढाउन भन्दै आजको फोहोर आजै उठाउने नीति लिएपनि मुख्य सडक नै हिजोदेखि फोहोर थुप्रिएर बसेको छ ।

धरान उपमहानगरकये वन, वातावरण तथा विपद व्यवस्थापन महाशाखाका अधिकृत भेषराज घिमिरे निश्चित क्षेत्र तोकेर फोहोर राती नै उठाउने काम भइरहेको बताउदै हिजो फोहोर नउठेको बिषयमा आफुलाई जानकारी नभएको बताए । ‘फोहोर राती नै उठाउने गछौ, कतिपय घर, पसलले ढिला गरेर पनि फोहोर निकाल्ने गरेको छ । नउठाएको भन्ने चै जानकारी छैन, म बुझिहाल्छु,’उनले भने ।

46963404_188682412080080_577826302795448320_n copy