सुनसरी:कोशी राजमार्गमा पर्ने इटहरीको विराटनगर लाइनस्थित एक्टिभ मनी ट्रान्सफरमा बुधबार दिउँसो करिब साढे १ बजे लुटपाट भएको छ ।

दुई जना लटेराले छुरा प्रहार गरी लुटपाट मनि ट्रान्सफरमा लुटपाट गरि फरार भएका हुन् । उनीहरुले सञ्चालक सविन दाहालमाथि छुरा प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । लुटपाट भएको स्थानदेखि करिब ५० मिटर दुरीमा प्रहरी विट रहेको छ ।

लुटपाट गरेपछि दुई मध्ये एक जना उत्तर र अर्को दक्षिणतर्फ भागेको बताइएको छ । घाइतेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने लुटेराहरुले कति रकम लुटे भन्ने यकिन भइसकेको छैन ।