पथरी:मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगर क्षेत्रका कृषकहरुलाई सुलभ रुपमा उन्नत खेती गर्ने सुविधाको लागि धान काट्ने मेशिन(रिपर) प्रदान गरिएको छ ।

बुधबार २ नम्वर वडाको उत्साही साना किसान सहकारी संस्थालाई धान काट्ने मेसिन प्रदान गरिएको हो । नगरपालिकाको कृषि शाखामार्फत यस आर्थिक बर्षमा नगरका २ वटा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा पावर टिलरसहित धान काट्ने मेसिन (रिपर) प्रदान गरेको हो ।

सहकारीका अध्यक्ष धनमाया गुरुङलाई नगर प्रमुख दिलिपकुमार राईले मेसिन हस्तान्तरण गरेका थिए । खेत जोत्न समेत मिल्ने १८ हर्स पावरको टिलर प्रदान गरिएको प्रमुख राईले जानकारी दिए । यसअघि हसन्दह क्षेत्रका लागि हसन्दह साना किसान संस्थालाई पनि एउटा धान काट्ने मेसिन प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।