धरानः दोस्रो मेयरकप स्कुल ओलम्पिकमा बुधबारसम्म सात खेलहरु सम्पन्न भएको छ । ती खेलहरु सम्पन्न भइसक्दा पदक तालिकामा डिपो उच्चमावि सबैभन्दा अगाडि रहेको छ ।

स्कुल ओलम्पिकमा विभिन्न १२ वटा खेलहरु आयोजना भइरहेको छ । तीमध्ये तेक्वाण्डो, एथ्लेटिक्स, भलिबल, ब्याडमिन्टन, बुद्धिचाल, बास्केटवल र सेपाकताक्रो खेल सम्पन्न भइसकेको छ । ती खेलहरु सम्पन्न हुदा ९ स्वर्ण, ५ रजत र २ काँस्य पदकसहित डिपो अग्रस्थानमा छ । यस्तै, ९ स्वर्ण, २ रजत र १२ काँस्य पदकसहित सैनिक आवासीय मावि दोस्रो स्थानमा छ ।

यस्तै ४ स्वर्ण, ४ रजत र ३ कास्यसहित नवज्योती स्कुल तेश्रो स्थानमा छ भने ४ स्वर्ण, २ रजत र १ काँस्य पदकसहित शारदा वालिका मावि चौथो स्थानमा छ । खेल तालिका अनुसार बुधबार कबड्डी र टेवलटेनिस खेलको फाईनल खेल समय अभावले हुन नसकेको आयोजक धरान नगर खेलकुद विकास समितीका अध्यक्ष सुवास राईले बताए ।