पथरी: मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगर क्षेत्रमा आवश्यक कुलो तथा पैनी मर्मतका लागि कार्यक्रम ल्याउने भएको छ ।

कृषि तथा सिञ्चाईका लागि कुलो तथा पैनी मर्मत गर्न नगरपालिका भरी आवेदन माग गर्ने र आएका आवेदनलाई अध्ययन गर्ने नगर प्रवक्ता यामप्रसाद गुरागाइले जानकारी दिए । बुधबार नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा सम्पन्न वैठकले सूचना तथा सञ्चार कार्यविधि र डोजर सञ्चालन कार्यविधिको नमूनालाई विधायक समितिमार्फत अर्को वैठकमा छलफल गराउने पनि निर्णय भएको गुरागाइले बताए ।