रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई क्राइमियासँग नौसैनिक संघर्ष गरी सन् २०१९ मा हुने निर्वाचनअघि आफ्नो क्षमता प्रदर्शन गर्न खोजेको आरोप लगाएका छन्। रुसी राष्ट्रपति पुटिनले दुई देशबीच तनाव चर्काउन युक्रेनी नेताले त्यसो गरेको बताएका छन्। तर युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले युक्रेनी जहाजमाथिको रुसी नियन्त्रण घटनालाई रुसको उद्दण्ड कार्य भनेका छन्। युरोपेली संघ इयुुले युक्रेन र रुसबीच चर्किँदै गरेको तनावबारे गम्भीर चासो देखाउँदै रुसको कदम अस्वीकार्य भएको जनाएको छ। रुसविरुद्ध नयाँ प्रतिवन्धहरूबारे उसले कुनै उल्लेख गरेको छैन। उसले युक्रेनको सार्वभौमिकताको सम्मान गर्दै रुसी नियन्त्रणमा रहेका युक्रेनी नौसैनिक जहाज र तिनका चालक दलका सदस्यहरुलाई रिहाइ गर्न रुसलाई भनेको छ।

bbc.com/nepali  बाट साभार गरिएको