मोरङ: अधिकांश यातायात व्यवसायीहरुले बैंक वा बित्तिय संस्थाबाट ऋण लिएर गाडी किनेका हुन्छन् । दैनिक रुटमा चलाएर कमाएको पैसाले बैंकको ऋण तिर्ने र पछि गाडी आफ्नै स्वामित्वमा आउने अपेक्षा हुन्छ । त्यही अपेक्षामा पुजीपतिहरुदेखि सामान्य मजदुरहरुले पनि आफै गाडी मालिक हुने आशा लिएर बैकबाट ऋण लिएर गाडी खरीद गर्छन् ।

तर, सबैको योजना सफल हुनसक्दैन । ऋण तिर्न नसकेर गाडी लिलाम हुन्छ वा बित्तिय संस्थाले कब्जामा लिन्छ । आफ्नो गाडीले कमाउन नसकेपछि यस्तै दुःखद परिस्थितिमा आफुलाई सम्हाल्न नसक्दा एउटा माइक्रोका मालिक एवं चालक र सहचालकले गम्भीर अपराधमा फस्न पुगेका छन् । गत मंगलबार आफ्नो बसमा आफै आगो लगाएको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले उनीहरुलाई पक्राउ गरेको हो ।

47242137_1899526030145143_6325768205964935168_o copy

गत मंगलवार मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ५ को मसान चौकमा राती १० बजे बा ३ ख ८०७४ नम्वरको माइक्रो बसमा आगजनी भएको थियो । अज्ञात समुहले बसमा आगजनी गरेको र मोवाइल तथा अन्य धनमाल समेत लुटेको भन्ने खवर पाएपछि इलाका प्रहरी कार्यालय बेलवारी र ईलाका प्रहरी कार्यालय हरैचाबाट तत्काल प्रहरी टोली खटेर गएको थियो । प्रहरी टोली, स्थानीयवासी र दमकलको सहयोगमा आगो राती करिब साढे ११ जते नियन्त्रणमा लिइएको थियो ।

उक्त आगजनी कसले र के कारणले गरेको भनेर अनुसन्धान गर्ने क्रममा बसकै चालक मन्थली नगरपालिका वडा नं ५ का ४८ बर्षीय शम्भु कार्की र सहचालक लिखु गाउँपालिका वडा नं ५ का २५ बर्षीय दिनेश बरुवाल पक्राउ परेका हुन् । प्रहरीले घटनामा उनीहरुकै संग्लग्नता रहेको खुलेपछि नियन्त्रण लिएर सोधपुछ गर्दा ऋण तिर्न नसकेर विमा लगायतबाट क्षतिपूर्ति पाउने आशाले आगो लगाएको वयान दिएका छन् । 'आफ्नो गाडी पुरानो भएपछि ऋण चुक्ता गर्न नसकेकोले आफैले पेट्रोल लगाएर जलाएको प्रारम्भिक वयान दिएका छन्,'१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आधिकारिक फेसबुक पेजबाट भनेको छ ।

46893821_1899526040145142_8950679838767710208_o copy