ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले“न्याय कुर्दै बित्यो १ सय ६५ दिन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । न्याय कुर्न कति सकस छ, धरान–५ का बलात्कृत पीडित तथा परिवारलाई नै थाहा होला । तर, पनि १ सय ६५ दिनदेखि न्याय कुर्न बाध्य छन् । पीडित परिवार । ठीक यतिबेला देशभर महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । तर पीडितपरिवार न्यायका पहुँचभन्दा बाहिर छ । अधिकारकर्मी कोठे बैठक, र छलफलमा मस्त छन् । पीडीतका पक्षमा वकालत नहुँदा पीडक धरान–५ साउनेका झमक बस्नेत जस्ता अपराधी खुलेआम हिँडिरहेका छन् । पीडक पक्षका आफन्त बारम्बार मिल्नका लागि लाखौंको प्रलोभन देखाउाछन् । तर पीडितपरिवार न्याय चाहान्छ । हामीलाई न्याय चाहिएको छ । अपराधीलाई कारबाही भए हामीलाई केही चाहिँदैन पीडित बालिकाको बुबा भन्छन् । 


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “अरुण तेस्रो जलविद्युत परियोजना नेपाली उद्योगीका लाभबारे छलफल” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
नौ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत आयोजनाबाट नेपाली उद्योगी तथा व्यवसायीहरुले लिनसक्ने लाभबारे बिहिबार छलफल भएको छ । जलविद्युत आयोजनाको निर्माण तथा सञ्चालनका चरणमा आवश्यक पर्ने विभिन्न प्रकारका वस्तु तथा सेवाका लागि नेपाली आपूर्तिकर्ताहरुलाई व्यवसायको अवसर दिने उदेश्य अनुसार औद्योगिक विकास योजना सार्वजानिक गरिएको हो ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “इटहरीका व्यवसायीहरुमा सुरक्षा चिन्ता प्रहरी मुकदर्शक बनेको आरोप” शीर्षकको समाचारलाई मुख्य समाचारको रपमा छापेको छ । उपमहानगरलाई प्रदेश राजधानीको रुपमा दाबी गर्दै आएको इटहरीमा पछिल्ला केही हिंसात्मक असुरक्षाका घटना बढिरहेको त्यस्मा प्रहरी मुकर्दशकको अवस्थाले इटहरीका व्यवसायीहरुमा सुरक्षा चिन्ता बढेको पाइएको छ ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “बालक अपहरणपछि हत्या” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । मंगलबार अपहरण परेका आठ वर्षिय बालकको हत्या भएको छ । काठमाडौको गोंगबुबाट अपहरित आठ वर्षिय बालको हत्या घरकै गाडी चलाउने चालकबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।


विवेचना दैनिक : झापाबाट प्रकाशन हुने विवेचना दैनिकले “पाथिभरामा महिनाको १२ लाख भेटी ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।
प्रसिद्ध तीर्थस्थल पाथिभरामा प्रतिमहिना १२ लाख रुपैयाँभन्दा बढी भेटी उठ्ने गरेको छ । पछिल्लो चार महिनामा ५० लाख रुपैयाँ संकलन भएको भेटिघाटी व्यवस्थापन समितिले जनाएको छ । यो तीर्थयात्रीले चढाएको भेटी रकम हो । भारतीय रुपैयाँ गणना गर्न बाँकी रहेको छ । सुन, चाँदीलगायतका गहना बिक्री गर्न बाँकी छ । सबै सटही गर्दा ६० लाखभन्दा बढी हुने अनुमान समितिको छ । समितिका सदस्य सचिव उदय भट्टराईका अनुसार साउनदेखि कात्तिक मसान्तसम्मको ४९ लाख ६५ हजार ६ सय ५० रुपैयाँ बैंक खातामा जम्मा गरिसकिएको छ । पाथिभरामा असोज कात्तिकमा अधिक तीर्थयात्रीजाने गरेका छन् ।