इनरुवाः सुनसरीको कोशी गाउँपालिकामा किसानहरुलाई कुट्टी काट्ने मेसिन वितरण गरिएको छ ।

कोशी गाउँपालीका १ नम्बर वडाको सहयोग तथा समाजिक जीवन केन्द्र नेपालको समन्वयमा २६ जना किसानलाई कुट्टी काट्ने मेसिन वितरण गरेको हो । आयोजक समितिका सचिव दिनेश साहका अनुसार किसानहरुलाई गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले मेसिन वितरण गरेका थिए । किसानलाई कुट्टी काट्ने मेसिन वितरण कार्यक्रममा कोशी गाउँपालीका १ नम्बर वडाका अध्यक्ष राजकुमार साह, हजरत हुसेनसहितको उपस्थिति रहेको थियो ।