पथरी: नेपाल अपाङ्ग महिला संघ मोरङको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई स्थानीय तहको नीति निर्माणमा सहभागी गराउनुपर्ने प्रावधानका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकामा शुक्रबार ‘अधिकारका लागि अभियान प्रभावकारी नीति निर्माणका लागि अपंगता भएको महिलाहरुको सशक्तिकरण’ परियोजना अन्तर्गत कार्यक्रम भएको हो । नगर कार्यपालिकाका सदस्यहरुलाई पनि समावेश गरी अभिमुखीकरण सम्पन्न भएको हो । जिल्ला अध्यक्ष भीमा खतिवडाले स्थानीय तहमा बन्ने हरेक समितिमा अपाङ्गता भएका व्यक्तिहरुलाई समेत समावेश गराउनु पर्ने राज्यको नीति भएकोले अवलम्वन गराउनु पर्ने प्रष्ट्याइन् ।
पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना बिष्ट बास्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुखसहितको सहभागिता रहेको जिल्ला सचिव मीना आचार्यले जानकारी दिइन् । संघको तर्फबाट सो नगरका लागि विद्या लुईटेल सामाजिक परिचालकका रुपमा रहेकी छन ।