धरान: हिन्दु धर्मवलम्बीहरुले भगवानकोरुपमा पुज्दै आएका श्री कृष्णले आफ्ना भक्तहरुको प्रेम देखेर विरहमा रोएको क्षणलाई स्मरण गर्दै शनिबार धरानमा भव्यरुपमा जगन्नाथ रथयात्रा गरिएको छ ।

ईस्कोन मन्दिर धरान १६ को आयोजनामा भव्यरुपमा जगन्नाथ रथयात्रा गरिएको हो । मनिदरबाट निस्किएको रथयात्रा अहिले भानुचोकमा पुगेको छ । भानुचोकमा भव्यरुपमा सांगीतिक कार्यक्रम आयोजना भइरहेको छ भने रथमा जगन्नाथको दर्शन गर्न सर्वसाधारणलाई खुला गरिएको छ । ‘विश्वभरि नै जगन्नाथको रथयात्रा हुन्छ, यो बेला सबैले दर्शन गर्न र छुन पाउछन्,’ईस्कोनका प्रचारक ललित माधव दासले भने ।

IMG_20181201_151306 copy

प्रचारक दासका अनुसार रथमा श्री कृष्ण, वलराम र शुभद्राको श्री विग्रह स्थापना गरिएको छ । करिब ५ हजार बर्ष अघि कृष्णले वृन्दावन छोडेर गएपछि कहिल्यै फर्केर आएनन् । एक पटक कुरु क्षेत्रमा स्नान गर्न उनी आएका थिए । त्यसबेला वृन्दावनबासी, गोपिनीहरुले कृष्णको रथको घोडा निकालेर रथ तानेका थिए । आफ्ना भक्तहरुको प्रेम, भक्ति देखेर कृष्ण विरहले रोएका थिए । ‘त्यसैले जगन्नाथको आँखा ठुलो देखिन्छ, त्यो कृष्ण रुदा त्यस्तो भएको हो । त्यही क्षणको सम्झनामा रथ यात्रा गरिएको हो,’प्रचारक दासले भने,‘जगन्नाथ नै कृष्ण हुन् ।’

IMG_20181201_151311 copy

IMG_20181201_151318 copy

IMG_20181201_151418 copy

IMG_20181201_151407 copy