झापा: झापाका पत्रकार मोहन काजीले पुरस्कार वापत पाएको रकममा थप गरेर एक पीडित महिलालाई प्रदान गरेका छन् ।

झापाका सक्रिय एवं अग्रज पत्रकार मोहन काजी ट्राभल सङ्घ झापाबाट ‘ताज पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका थिए । उनले पुरस्कार वापत पाएको ५ हजारमा आफ्नो तर्फबाट एक हजार थपेर पीडित महिला देवीमाया मेचेलाई सहयोग गरेका हुन् । उनले मेचेको घर निर्माण गर्न गठित समितिका सचिव टिकाराम मग्रातीलाई ६ हजार प्रदान गरेको जानकारी दिएका छन् ।

देवीमाया एकल महिला पनि हुन् । देवीमायाको अढाई बर्ष र एक महिनाको गरी दुई छोरी छन् । कान्छी छोरी जन्मेको पाँचौ दिनमा पति कृष्ण घिमिरेको हृदयघातबाट मृत्यु भएको थियो । देवीमायाको दाहिने हात पनि सानैमा करेन्ट लागेर काटेर फल्नु परेको थियो ।

47115880_2231401813545134_8069835638960029696_o copy

देवीमायाबारे पत्रकार मोहन काजीको शब्द:

'विहान जब म देवीमाया मेचेको घर पुगेँ । उनी चिसो भुइँमा एक महिनाकी कान्छी छोरीलाई काखमा थप्थपाइरहेकी थिइन । छेवैमा अढाई वर्षकी जेठी छोरी भोकले रोइरहेकी थिइन् । थाहा भयो–कान्छी छोरी जन्मेको पाँचौ दिनमा देवीमायाका पति कृष्ण घिमिरेको हृदयाघातबाट मृत्यु भएको रहेछ । देवीमायाको दाहिने हात सानैमा करेन्ट लाग्दा काटेर फाल्नु परेको रहेछ । आफन्त कोही छैनन् । अहिले उनी जुन कोठामा डेरा बस्छिन, त्यसको भाडा महिनाको एक हजार रुपैयाँ तिर्नु पर्दोरहेछ ।

दिउँसो मलाई जब ट्राभल सङ्घ झापाबाट ‘ताज पत्रकारिता पुरस्कार’ स्वरुप ५ हजार रुपैयाँ प्रदान गरियो । मैले देवीमायाको कथाव्यथा झलझली सम्झेँ । अनि एक हजार रुपैयाँ थपेर देवीमायाको घर निर्माण गर्न गठित समितिका सचिव टिकाराम मग्रातीमार्फत ६ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेँ । आफु र आफ्नाका लागि त सँधै गरिएकै छ नि, अब एकपटक देवीमाया मेचेका लागि सहयोगको मुठ्ठी खोलौँ ।'

47305063_2231401870211795_3133472688777986048_o copy