अलास्का: अमेरिकाको अलास्कामा गएको ७.० रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण ३ लाख भन्दा बढी मानिस विस्थापित भएको बताइएको छ। 

भूकम्पका कारण धेरै भवनहरुमा क्षति पुगेको प्रहरीले बताएको छ। भूकम्पपछि पराकम्पनहरु अझै आइरहेको र सडकहरु पूर्ण क्षति भएकाले मानिहरुलार्इ सडकमा नजान आग्रह गरिएको छ। भूकम्पबाट प्रभावितहरुलार्इ अस्थायी शिविरको व्यवस्था गरिएको अधिकारीहरुले बताएका छन्। प्रहरीले केही संख्यामा मानिसहरु सामान्य घाइते भएको बताएको छ। तर हालसम्म मानविय क्षति भएको खबर आएको छैन। अमेरिकाको भूगर्भ विभागले सुनामी आउन सक्ने भन्दै मानिसहरुलार्इ सावधानी अपनाउन भनेको छ। 
 
भूकम्प पछि विमानस्थल र रेलमार्ग बन्द गरिएको छ। अलास्कामा रहेका ग्यास उद्योगबाट ग्यास चुहावत हुनसक्ने र पानीको अभाव हुन सक्ने भन्दै मानिसहरुलार्इ सचेत रहन आग्रह गरिएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा आपतकालिन अवस्थाको घोषणा गर्दै उद्दार र राहत कार्यमा ध्यान लिन निर्देशन दिएका छन्।