धरान:प्रदेश नं १ प्राकृतिक, भौगोलिक, साँस्कृतिकरुपमा मात्र धनि होइन, यहाँ प्रतिभावान खेलाडीहरुको पनि खानी छ । जस्तो कि यही मंसिर ८ गते काठमाण्डौंमा प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता आयोजना भएको थियो ।

विभिन्न मुलुकबाट सहभागी खेलाडीहरुलाई पछि पार्दै नेपालका उमेश राईले ओभरअल राउण्डमा पनि च्याम्पियन भएका थिए । उनी प्रदेश नं १ को झापा जिल्लाका हुन् । नेपाललाई उपाधि जिताएका राईसहित सोही प्रतियोगितामा पदकधारी ३ जना खेलाडीहरुलाई शनिबार धरानमा सम्मान गरिएको थियो । तिनै जना खेलाडी प्रदेश १ का हुन् । उनीहरुलाई एलाइनेट जिम धरानले सम्मान गरेको हो ।

aIMG_7405

प्रतियोगितामा उमेश राई आफ्नो तौल समुहमा प्रथम भएर स्वर्ण पदक जित्दै ओभरअल राउण्डमा प्रतिस्पर्धा गरेका थिए । ओभरअल राउण्डमा पनि उनले प्रथम हुदै च्याम्पियन अफ च्याम्पियन बनेर नेपाललाई उपाधि दिलाए । उनी प्रतियोगितामा ७५ केजी तौल समुहबाट प्रतिस्पर्धा गरेका थिए । यस्तै, सोही प्रतियोगितामा झापाकै रामबहादुर दाहालले ७० केजी तौल समुहमा प्रथम हुदै स्वर्ण पदक जितेका थिए भने ८५ केजी तौल समुहमा भिडेका ललित धिमालले कास्य पदक जितेका थिए ।

प्रतियोगितामा उपाधिसहित पदक जितेर नेपाललाई विश्वसामु चिनाएकोले सम्मान गरिएको एलाइनेटका अध्यक्ष बिक्रम लिम्बूले बताए । कार्यक्रममा अध्यक्ष लिम्बूसहित प्रमुख अतिथि एवं धरानका पुर्वउपमेयर मिनकुमार सुब्बाले सम्मान पत्र, ढाकाटोपी, खादासहित खेलाडीहरुलाई सम्मान गरिएको थियो । पुर्वउपमेयर सुब्बाले खेलाडीहरु राष्ट्रको गहना भएकोले सबैले सम्मान गर्नुपर्ने बताए । उनले सरकारले पनि खेलाडीहरुलाई सम्मान गर्न आग्रह गरे ।

aIMG_7428

aIMG_7430

aIMG_7392

aIMG_7399

aIMG_7402

aIMG_7421

aIMG_7428

aIMG_7416