इनरुवा: सुनसरीको कोशी गाउँपालिकाको लौकहीमा सशस्त्र प्रहरी बलले डेढ लाख बराबरको भारतबाट भन्सार छली ल्याएको समानसहित मोटरसाईकल पक्राउ गरेको छ ।

भारतीय बजारबाट तस्करी गरेर अवैधरूपमा ल्याउदै गरेको विभिन्न समानहरु सशस्त्र प्रहरी बल लौकहीका निरीक्षक आनबहादुर गुरुङ नेतृत्वको टोलीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी निरीक्षक गुरुङका अनुसार भारतबाट भन्सार छली ल्याएको डेढ लाख बराबरको कपडा र जुत्ता चप्पल रहेको छ । यस्तै, को १८ प ५६२४ मोटरसाइकल पनि वरामद गरी सुनसरी भन्सार कार्यालय सेतुबन्द कोशी ब्यारेजमा बुझाइएको उनले बताए । साउन महिनायता मात्र करिब २० लाख बराबरको तस्करीका समान बरामद गरी भन्सार बुझाएको उनले जानकारी दिए ।