पथरी : मोरङको पथरीशनिश्चरे मा सोमबारबाट सिन भिलेज पार्टी प्यालेस संचालनमा आउने भएको छ । पथरीशनिश्चरे २ मा १४ करोडको लगानीमा सो पार्टी प्यालेस संचालनमा आउन लागेको आइतबार पत्रकार भेटघाट कार्यक्रम गरि जानकारी गराइएको छ । आन्तरिक पर्यटनको प्रबर्द्धन गर्न पनि पार्टी प्यालेस संचालनमा ल्याउन लागेको सिन भिलेज प्रा.ली.का प्रबन्ध निर्देशक नरेश घतानीले जानकारी दिए। घतानीका अनुसार पार्टी प्यालेसमा सेमिनार हल, रेष्टुरेन्ट, बार, स्विमिङ पुल र बालउधान रहने छ ।´ पथरी क्षेत्रको बडदो शहरीकरणलाई ध्यान दिदै बिबाह पार्टीका लागि पार्टी हल, सेमिनार र ठुला समारोह लाई लक्षित गरेर सेमिनार हल संचालनमा ल्याएका छौ ` घतानीले पत्रकार भेटघाट कार्यक्रममा भने । छाना सहितका २ वटा स्विमिङ पुल को निर्माण हुँदै गरेको र बैशाख भित्रमा  संन्चालनमा आउने उनले जानकारी दिए । १० जना स्थानिय ब्याबसायीको लगानीमा संन्चालनमा आउने पार्टी प्यालेस १५ कट्ठा जग्गामा फैलिएको छ । सुरक्षाका हिसाबले सुरक्षित रहेको प्यालेसमा सुरक्षा गार्डका अलवा बिधुतिय सुरक्षा प्रवन्ध समेत गरिएको छ । प्रा.ली.का अध्यक्ष तिलक राईका अनुसार पथरी क्षेत्रको आबश्यकतालाई मध्यनजर गरी पार्टी प्यालेस सन्चालनमा ल्याइएको हो । सो पार्टी प्यालेसले हरेक शुक्रबार सांगितिक कार्यक्रम समेत संन्चालन गर्ने र सो सांगितिक कार्यक्रममा राष्ट्रिय र स्थानिय कलाकारले दर्शकलाइ मनोरञ्जन गराउने सन्चालकको भनाई छ । सोमबार गायक गौरब दर्पण, समीर बिक,गायिका शृष्टि हिङमाङ , जिपि जोडि र नृत्यकार मिना तामाङ र एसिया कै होची मोना घिमिरेले आफ्नो प्रस्तुती दिने घतानीले जानकारी दिए ।