ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “सीमान्तकृत समुदायमा बालविवाह बढ्दो” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । पछिल्लो समय सुनसरीको दक्षिणवर्ती ग्रामीण भेगका सीमान्तकृत समुदायमा बालविवाह बढ्दै गएको छ । बालविवाह रोक्न सरकारले लगानी र एनजिओ /आईएनजिओले लाखौं लगानी गरे पनि उनीहरुको लगानी बालुवामा पानीसरह हुन पुगेको छ । चालु आर्थिक वर्षको अहिलेसम्म १३ वटा बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कमा उल्लेख छ ।

उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “आफूखुशी कर असुली ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । मोरङको बूढीगंगा गाँउपालिकाको नाममा केही युवाहरुले आफूलूशी कर संकलन गरेकोमा व्यवसायीले विरोध जनाएका छन् । टेण्डर प्रक्रिया बिनै कवाडी कर भन्दै एक किलो फलामको दुई रुपैयाँ र अन्य कवाडी समानमा समेत कर लिई दोहोरो कर लिएको भन्दै व्यवसायीहरुले विरोध जनाएका छन् ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “ रदु नाछिरिङ छुटै जाति भएको दाबी ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ ।  रदु नाछिरिङहरुले उनीहरु राई नभई किरात समुदाय भित्रको छुटै जाति भएको दाहोर्याएका छन् । उनीहरुको जातिइ संस्था रदु नाछिरिङ साखाम केन्द्रको शनिबार धरानमा आयोजित सातौ राष्ट्रिय महाधिवेशनका अगुवाहरुले उक्त कुरा उद्घोष गरेका हुन् ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “सुनसरीमा एक हजार बढी एड्स रोगी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । ३१ औं विश्व एड्स दिवस प्रदेश नम्बर १ मा पनि कार्यक्रम गरि मनाईरहँदा सुनसरी जिल्लामा भने एचआइभी एड्स रोगीहरुको संख्या एक हजार भन्दा बढी भएको तथ्याङ्क सार्वजानिक गरिएको छ ।


फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “नेपालको शान्ति प्रक्रियाले बन्दूकमाथि मतको सर्वोच्चता स्थापना गरेको छ ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्वको शान्तिपूर्ण समाधनले गोलीमाथि मतको सर्वोच्चतालाई स्थापना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताएका छन् । एशिया प्रशान्त शिखर सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले नेपालजस्तो विविधतापूर्ण समाजमा वार्ता, समझदारी , सम्मान र संलग्नताले भित्री र बाहय द्वन्द्वलाई सफलतापूर्वक समाधान गर्ने सकिन्छ भन्ने स्पष्ट गरे ।