इनरुवा: सुनसरीको दुहबी नगरपालिकालाई स्मार्ट सिटी बनाउन ५१ अरवको महत्वकांक्षी योजनाहरु सार्वजनिक गरिएको छ । नगरपालिकाले ती योजनाहरु १० वर्षे भएको पनि जनाएको छ ।

दुहवी नगरले ५१ अरवको प्रस्तावित दुहवीको एकिकृत नगर विकास योजना तथा परिकल्पनाको अनुमानित लागत सार्वजनिक गरेको हो । नगरपालिकाले एक कार्यक्रम आयोजना गरी जिआइजेड र निर्यसको सहकार्यमा दुहबी विकासको महत्वकांक्षी योजना तयार गरेको जनाएको छ । जनप्रतिनिधिहरु, कर्मचारी, बुद्धिजिवी, समाजसेवीलगायतको उपस्थितिमा निर्यसका टिम लिडर अजय चन्द्रलालले ती योजनाहरु प्रस्तुत गरेका थिए । नगरपालिका, जिआइजेड र निर्यसको सहकार्यमा ७ महिना लगाएर नगरको रुपरेखा (टाउन प्लानिङ)स्रोत र सम्भावनाको पहिचान गरेको चन्द्रलालले बताए । उनका अनुसार १२ वटा वडामा स्थलगत अवलोकन, गोष्ठी गरेर स्वच्छ आवास क्षेत्र, उद्योग र कृषिको अवधारणा बनाइएको छ ।

दुहवीलाई स्र्माशसिट बनाउनका लागि रिङ रोड, लिंक रोड, स्र्माट कोल्ड स्टोर, स्टेडियम, हरेक वडामा वाल उद्यान, बस स्टेण्ड, वडा केन्द्र लगायतको दिर्घकालीन परियोजनाहरु समेटिएको बारेमा कार्यक्रममा प्रकाश पारिएको थियो । प्रस्तावित दुहवी नगर विकास योजनामा शहरी विकास योजनाको अवधारणा, योजनाको निर्देशक सिद्धान्त, योजना कार्यान्वयनको रणनिति, योजना कार्यान्वयनको संयन्त्र, भु–उपयोग, तुलनात्मक/प्रतिस्प्रधात्मक सम्भावनाको वारेमा पनि कार्यक्रममा प्रष्ट पारिएको थियो । निर्यसका अध्यक्ष जगदिश पोखरेलले शहरीकरण तथा वस्ती विकासकालागि एकिकृत शहरी विकास योजना तर्जुमाका सैद्धान्तिक आधारहरुको वारेमा बताएका थिए । कार्यक्रममा सहभागिहरुले भने दुहबीलाई स्मार्ट सिटी बनाउने योजनाहरुमा अव्यवस्थित उद्योग मूख्य चुनौती भएको औल्याएका थिए ।

शहरी विकास मन्त्रालयका पूर्वसचिव सुरेशप्रकास आर्चायले कार्यक्रमको सहजीकरण गरेका थिए । दोश्रो सेसनमा दुहवी नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरुलाइ क्षमता विकास सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको थियो ।