पथरी : ५ औं मोरङ जिल्लास्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधी पथरीशनिश्चरेका सञ्जीव मगरले जितेका छन् । शारीरिक सुगठन तथा फिटनेश संघ मोरङले शनिबार बिराटनगरमा आयोजना गरेको प्रतियोगितामा पथरी शनिश्चरेकै अजय मल्लिक दोस्रो भए भने पथरीकै योगेश लिम्बुले तेस्रो भए । मगरले ७० केजि समुहमा स्वर्णपदक जितेका हुन भने मल्लिकले ५५ केजि र लिम्बुले ६५ केजिमा स्वर्ण पदक जितेका हुन । मगरले ट्रफी सहित ५१ हजार, मल्लिकले २५ हजार र लिम्बुले ११ हजार रुपयाँ हात पारेका छन् । सोमबार पथरीमा फिटनेश क्लब पथरीले पत्रकार सम्मेलन आयोजना गरेर आफ्ना क्लबका सहभागी खेलाडिले उपाधी जितेको जानकारी दिएको हो ।

Pathari 1

मोरङ भरीका ८ क्लबका २० जना प्रतिस्पर्धी बीच भएको प्रतियोगितामा फिटनेश क्लबले सफलता पाएको फिटनेश क्लबका गणेश नेपालीले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै पथरीशनिश्चरे १ का वडा अध्यक्ष बाबुराम एङदेनले उपाधी बिजेताले नगरकै सान राखेको बताए । पथरीमा एक बर्ष अघि स्थापना भएको फिटनेश क्लबले खेलाडी उत्पादनमा अझ योगदान दिने नेपालीले बताए । पत्रकार सम्मेलनमा बिजयी खेलाडिले प्राप्त ट्रफी समेत प्रर्दशन गरिएको थियो भने बिजयी खेलाडिले आफ्नो कला समेत प्रस्तुत गरेका थिए ।

Pathari  copy.jpg 3