इटहरी: जथाभावी रुपमा हुल बाँधेर डुल्ने छाडा कुकुरहरुका कारण विभिन्न किसिमका समस्याहरु देखा पर्न थालेको भन्दै पुर्वको विकसित सहर इटहरीमा कुकुर व्यवस्थापन गर्न सर्वसाधारणहरुले माग गरेका छन् । छाडा कुकुरहरुको संख्या वढेसंगै विद्यालय जाने विद्यार्थीहरुलाई टोक्ने, भुक्ने कुकुरकै कारण सडक जाम र दुर्घटनाको जोमिखसमेत बढ्न थालेपछि कुकुर व्यवस्थापन गर्न चर्को आवाज उठेको हो । इटहरी उपमहानगरपालिकाको सहरी क्षेत्र देखि ग्रामिण क्षेत्रसम्म छाडा कुकुरको कारण विभिन्न किसिमका समस्याहरु आउन थालेपछि स्थानीयहरुले यस्तो माग गरेका हुन् । छाडा कुकुरहरुले विद्यार्थीहरुलाई टोक्ने भुक्ने गर्ने र अन्य किसिमका समस्याहरु नित्याउने गरेकोले उपमहानगरपालिकाले कुकुर व्यवस्थापन गर्नुपर्ने स्थानीय अनिल थापाले बताए । छाडा कुकुरको संख्या बढेसँगै केही बर्ष यतादेखि सडक दुर्घटना पनि बढ्न थालेको छ भने सडकमै कुकुरहरु मरेर दुर्गन्ध पनि फैलने गरेको छ । छाडा कुकुरहरुले मानिसहरुलाई टोक्ने भुक्ने र झम्टने मात्र नभएर सडक जाम गर्ने र जथाभावी फोहोर गर्ने गरेको छ । यस्तै, जथाभावी दिसा पिसाव गरेर सहरको सुन्दरता पनि विगार्ने गरेका छन् । अर्कोतर्फ पशु अधिकारकर्मीहरुले कुकुर मार्न नपाइने आवाज पनि उठाउदै आएका छन् । व्यवस्थित गरेर राख्ने ठाउँ नवनाइएको कारण समस्या हुने गरेको उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताइन् । कुकुरका कारण विभिन्न किसिमका समस्या हुने गरेकोतर्फ मध्यनजर गर्दै कुकुर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गर्ने उपप्रमुख गौतमले जानकारी दिइन । उनले कुकुर पाल्ने नगरवासीलाई छाडा नछोड्न आग्रह समेत गरिन् ।