सुनसरी: स्थानीय तहले चाडवाडका बेला मात्र बजार अनुगमन गर्ने गरेको आरोप लागिरहेको वेला इटहरी उपमहानगरले भने वजार अनुगमनलाई निरन्तरता दिएको छ । इटहरी उपमहानगरले सोमबार बिहान इटहरी खनारको बजारमा अनुगमन गरेको हो । अनुगमन टोलीले किराना, होटल र मिठाइ पसल गरी ६ वटा पसल अनुगमन गरेको थियो । उपभोक्ता हित संरक्षण शाखा प्रमुख विजय मगरका अनुसार अघिकांश पसल व्यावसाय दर्ता नगरी संचालन गरेको पाइएको छ । यस्तै, होटलमा भान्सा सरसफाई नभएको ,किराना पसलमा विक्री गर्नका लागि राखिएका सामानको मूल्य मेटाएको र नापतौल नविकरण नभएको, विक्री विल पनि नराखेको पाइएको छ । जिल्ला प्रशासन र खादय तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि,उपभोक्ता संरक्षणमा मञ्च, संचारकर्मी, प्रहरी संलग्न टोलीले वजार अनुगमन गरेको हो । वजार अनुगमन लाई निरन्तरता दिइने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । उपभोक्ताको स्वास्थ्य एवं दैनिकीसँग जोडिएको बिषय भएकोले चाडपर्वमा मात्र नभै अनुगमन सधै गर्ने उनले बताइन् ।