धरान: नेकपाको केन्द्रीय सचिवालयले सोमबार ७ वटै प्रदेश कमिटीलाई पुर्णता दिदा प्रदेश नं १ मा सुनसरी जिल्लाबाट कुल २२ जना नेताहरु प्रदेश कमिटी सदस्यमा मनोनयनमा परेका छन् ।
 
प्रदेश कमिटीमा पुर्वसंविधानसभा सदस्यदेखि वर्तमान प्रदेश सांसद, पुर्वमेयरदेखि वर्तमान मेयरसम्म पनि समेटिएका छन् । प्रदेश कमिटी सदस्यमा सुनसरीबाट परेका २२ जना मध्ये पुर्व एमालेबाट १४ जना छन् भने पुर्वमाओवादी केन्द्रबाट ८ जना नेताहरु परेका छन् । पुर्वएमालेबाट पुर्वसांसद रेवतीरमण भण्डारी, धरानका पुर्वनगर प्रमुख मनोजकुमार मेन्याङ्बो, इनरुवाका पुर्वमेयर खेमराज पोख्रेल, प्रदेश सांसद सर्वध्वज साँवा, इटहरी उपमहानगर प्रमुख द्धारिकलाल चौधरी पनि परेका छन् । यस्तै, महिला नेतृ राधा गुरुङ, निरादेवी आचार्यसँगै बालेश्वर चौधरी, किरण कार्की, विजय राई, रमेश बस्नेत, चिरञ्जिवि भटराई, पोष्टकुमार नेपाल र डिबि शाह संकर पनि परेका छन् ।
 
पुर्व माओवादी केन्द्रबाट पुर्वपोलिटब्युरो सदस्य रहेकाः मुक्साहाङ मेन्याङ्बो, योगेन्द्र मण्डल, शिव डाँगी, सन्तोष थारु, आइन्द्रबिक्रम बेघा, प्रदेश सांसद उमिता विश्वकर्मा, सुरेन्द्र मेहता र नरेन्द्र बस्नेत परेका छन् । प्रदेश कमिटी सदस्यमा मनोनयमा परेका पुर्वएमाले जिल्ला संयोजक रमेश बस्नेतले प्रदेश कमिटीमा रहीसकेकालाई नछुटाउने नीतिगत कारणले विगतमा प्रदेश कमिटीमा रहीसकेका नेताहरु दोहोरिएको बताए । ‘जिल्ला संयोजक पदेन सदस्य रहने भएकोले म पहिला पनि थिएँ, र अहिले पनि प्रदेश कमिटीमा परेको हुँ,’बस्नेतले भने,‘केन्द्रीय कमिटी सदस्यलाई प्रदेशमा रहन र जिल्ला कमिटीलाई प्रदेशमा रहन विधानत बाधा पर्दैन । प्रदेश कमिटीमा रहेकालाई जिल्लामा रहन पनि बाधा पदैन ।’