इटहरीः विभिन्न समयमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताहरुको आयोजना हुने र क्रिकेट खेलाडीहरुले अभ्यास गर्ने खेल मैदानलाई इटहरी उपमहानगरपालिकाले मास्न लागेको भन्दै क्रिकेटप्रेमीहरुले विरोध जनाएका छन ।

इटहरी उपमहानगरपालिका वडा नं ९ मा रहेको सो मैदानमा उपमहानगरपालिकाले जनता पार्क वनाउने भएपछि क्रिकेटप्रेमीहरुले विरोध जनाएका हुन् । बुधवार उपमहानगरपालिकाले उक्त मैदानमा पार्कको शिलान्यास गर्ने तयारी गरेको छ । तर, क्रिकेटप्रेमीहरुले भने शिलान्यास कार्यक्रम विथोल्नेसम्मको चेतावनी दिएका छन् । क्रिकेट मैदान मासेर जनता पार्क वनाउने उपमहानगरपालिको निर्णय सच्याउनु पर्ने माग गर्दै इटहरी क्षेत्रमा रहेका विभिन्न क्लवहरुले उपप्रमुख लक्ष्मी गौतमलाई ज्ञापन पत्र समेत वुझाएका छन ।

ज्ञापन पत्र लिदै उपप्रमुख गौतमले क्रिकेट मैदान आवश्यक रहेको र अन्तराष्टियस्तरको क्रिकेट मैदान बनाउने योजना रहेपनि भईरहेको क्रिकेट मैदानको विकल्प विहिन अवस्थामा मास्नु नहुने आफनो पनि व्यक्तिगत बुझाई रहेको बताइन । उनले कार्यपालिका वैठकमा यो विषयमा कुरा उठाउने समेत जानकारी दिइन् । उपमहानगरले पार्क बनाउन लागेको सो मैदानमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । त्यसबेला राष्ट््िरय खेलकुद परिषदले पिच बनाउन लगानी गरेको थियो भने विभिन्न समयमा राष्ट्यि प्रतियोगितासमेत सोही मैदानमा हुदै आएको थियो । यस्तो महत्वपुर्ण खेल मैदानको विकल्प नदिई मास्ने काम गरिए खेलाडीहरुले पार्क शिलान्यास कार्यक्रम विथोल्ने इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले चेतावनी दिए । त्यसैगरी एकेडेमीकै सचिव सिपी पौडेलले पनि विकल्पविना अन्य प्रयोजन गर्ने खोजे आफुहरुलाई मान्य नहुने चेतावनी दिएका छन् ।

यो पनी - स्कुल ओलम्पिकमा डिपो प्रथम, सैनिक दोस्रो र सुनाखरी तेस्रो (फोटो फिचर)