धरान:कवि विमल गुरुंग स्मृति पुस्तकालयले बर्षेनी आयोजना गर्दै आएको युवा राष्ट्रिय कविता महोत्सवको लागि यो बर्ष १५ वटा कविताहरु छनौट भएको छ ।

छनौट समितिले पुस्तकालयमा प्राप्त भएको कविताहरु मध्येबाट उत्कृष्ट १५ कविताहरु चयन गरेको पुस्तकालयले जनाएको छ । ती कविताहरुलाई मंसिर २२ गते हुने भव्य कार्यक्रममा कविहरुमार्फत वाचन हुने पुस्तकालयका सचिव चेवन राईले जानकारी दिए । उनका अनुसार यसपटक प्रतियोगिताको २ सय भन्दा बढी कविताहरु प्राप्त भएको थियो । पुस्तकालयले दिएको जानकारी अनुसार उत्कृष्ट १५ मा बजेन र रिङटोन शिर्षकको गोरखाका कवि निशान निष्कर्ष, मेरो घर शिर्षकको सृजना अर्याल(धादिङ), देशको अनुहार १ शिर्षकको कविता प्रज्वल अधिकारी(दुराडाँडा लम्जुङ), मनमाया शिर्षकको कविता प्रदिप योङ्हाङ(मोरङ्ग रतुवामाई), स्मृतिको सङ्ग्रहालयबाट शिर्षकको कविता कल्पना काफ्ले(धनकुटा) र बा शिर्षकको कविता अंशु खनाल( गोर्खा)को चयन भएको छ ।

यसैगरी, आँसुको रङ्ग शिर्षकको मनोज बिश्वकर्माको कविता, बादल शिर्षकको योगेश घिमिरे( गण्डकी गाउँपालिका १, बुट्टा), आमाको आँखामा – हाम्रो देश शिर्षकको कविता मनकुमार लिम्बु्(तेह्रथुम), पासपोर्ट उडान शिर्षकको कविता अस्मिता श्रेष्ठ(कपन, काठमाडौँ), आगोको आवाज शिर्षकको कविता जीवन खत्री(रामेछाप) एउटा यक्ष प्रश्न शिर्षकको कविता निर्भिकजंग रायमाझी(बनेपा), आमा र इतिहास शिर्षकको कविता एलिना दुलाल( इसिबु ४, तेह्रथुम), यात्रा शिर्षकको कविता विक्रम पवन परियार(रामेछाप) र फुलमती शिर्षकको कविता किरन सिवा(इटहरी)बाट छनौटमा परेको छ ।