शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने पहिलो खेलमा लिग लिडर मनाङ मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेल विहान ११ बजे सुरु हुनेछ ।लिगको शीर्ष स्थानमा रहेको मनाङ अपराजित टिम हो । यता, जावलाखेलले भने एक खेलमा मात्रै जित हात पारेको छ । लिग लिडर मनाङको पाँच खेलबाट १५ अंक रहेको छ ।

जावलाखेलको ५ खेलबाट ४ अंक मात्रै रहेको छ । जावलाखेल क्लबलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा मनाङ रहेको छ । तर जावलाखेल भने मनाङलाई रोक्ने लक्ष्यमा छ । यता, हलचोकस्थित एपीएफको खेल मैदानमा आजै हुने अर्को खेलमा थ्रीस्टार क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्ने छ । थ्रीस्टार आजको खेल जित्नैपर्ने दबावमा छ । २ बजेर ३० मिनेटमा सुरु हुने खेलमा थ्रीस्टार स्पष्ट तीन अंक जित्ने लक्ष्यमा छ ।

onlinekhabar.com बाट साभार गरिएको