धरान: १५ औ ललित अम्वर डिपो कपमा पुलिस स्कुल, महेन्द्र मेमोरियल, लिटल प्mलार्वस र इस्र्टन स्कुल क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

डिपोको मैदानमा जारी प्रतियोगिताको बुधवार भएको पहिलो खेलमा पुर्व क्षेत्रीय प्रहरी स्कुलले सेक्रेट हर्टलाई ४–० गोलअन्तरले पराजित पर्यो । यस्तै, दोस्रो खेलमा महेन्द्र मेमोरियलले वेलिर्वस पञ्चकन्यालाई २–१ गोलअन्तरले हराउदै क्वार्टरफाइलनमा स्थान बनायो । लिटल फ्लार्वसले कार्मेल हाइस्कुललाई १–० गोलअन्तरले पराजित गर्यो भने चौथो खेलमा इस्र्टनले धरान आदर्शलाई १–० गोल अन्तरले हराउदै क्वार्टरफाइनल प्रवेश गर्यो । बुधवार सम्पन्न खेलमा सेक्रेटहर्टका अनिश प्रसाई, वेलिवर्सका अमन राई, कार्मेलका माइकल लिम्बू र धरान अदर्शका क्षितिज लिम्बू म्यान अफ द म्याच घोषित भएका थिए । उनीहरुलाई डिपो स्कुल व्यवस्थापन समितीका सदस्य भिमराज लिम्बूले पुरस्कार प्रदान गरे । बिहिबारको पहिलो क्वाटरफाइनल खेल पुर्व क्षेत्रीय प्रहरी स्कुल र हिमशिखर तरहराबीच हुनेछ भने दोस्रो क्वाटरफाइनल खेल मेरील्याण्ड र आइडल स्कुलबीच हुने आयोजकले जनाएको छ । प्लेट च्याम्पियनतर्फ पनि आयोजक डिपो र नवज्योति, सेक्रेटहर्ट र सृजना स्कुलबीच खेल हुनेछ ।