सुनसरी: इटहरी उपमहानगरपालिकाले वडा नम्बर ९ स्थित सार्वजनिक जग्गामा निर्माण गर्ने भनिएको जनता पार्कको शिल्यान्यास गरिएको छ । इटहरीका १ सय १ वर्षीय भानुभक्त लम्सालले धुपीका बिरुवा रोपेर जनतापार्कको शिलान्यास गरेका थिए ।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद एवं इटहरीका पुवमेयर सर्वध्वज साँवाको पनि उपस्थिति रहेको थियो । उनले विकासमा वाँधा पुरयाउनेहरु ढिलो चाडो नाङ्गगिने चेतावनी दिए । उनले जनता पार्क निर्माणको योजना सफल पार्नको लागि सवैपक्षलाई जुटन समेत आह्वान गरे । जनता पार्कले इटहरीवासीका लागि फोक्सोले झै काम गर्ने सांसद साँवाको भनाई थियो ।

कार्यक्रममा इटहरीका मेयर द्धारिकलाल चौधरीले आगामी वैशाख १ गते पार्कको उदघाटन गर्ने लक्ष्य राखेको बताए । “पार्क सिल्यान्यास त भयो, बन्ला नबन्ला भनेर कसैले पनि शंका नगरे हुन्छ, आगामी वैशाख १ गते पार्क उदघाटन हुनेछ,”मेयर चौधरीले उद्घोष गरे । उनले आफू सवै वडामा पार्क निर्माण गर्ने योजनामा रहेको पनि बताए । मेयरमा निर्वाचित भएदेखिनै सार्वजनिक जग्गा खोजी गर्ने अभियानमा लागेको मेयर चौधरीले बताए ।

इटहरी उपमहानगरमा रहेका सार्वजनिक जग्गा खोजीका लागि वडा नम्वर १३ का अध्यक्ष शिव नारायण चौधरीको संयोजकत्वमा समिति पनि सक्रिय छ । मेयर चौधरीले मुख्यमन्त्री शेरधन राई कार्यब्यस्ताले आउन आउन नपाएको उल्लेख गर्दै शुभकामना शन्देश पठाएको जानकारी दिए । इटहरी ६ का वडाध्यक्ष दीपक गौतमले अर्को ठाँउमा क्रिकेट मैदानको ब्यवस्था नभएसम्म त्यहाँ क्रिकेट खेलका लागि कुनै रोकावट नहुने कार्यपालिकाले निर्णय गरेको बताए । उनले सार्वजनिक जग्गा जनताको हितमा प्रयोग गर्नुपर्ने भन्दै त्यसको पहिलो सुरुवात भएको प्रष्टपारे । सो जग्गामा रहेको डिभिएम स्कुलका विद्यार्थीको पढन पाउने हकका लागि जनप्रतिनिधि सचेत रहेको पनि उनले बताए ।

साविक नेकपा एमाले इटहरीका अध्यक्ष रेवतीरमण घिमिरेले जनता पार्क शिल्यान्यासको कार्यक्रमलाई विथोल्न गरिको प्रयास हुनु आपत्तिजनक रहेको वताए । सुन्दर इटहरी निर्माणको कार्यलाई गलत ढंगवाट नवुझन उनले आग्रह गरे । कार्यक्रममा वडा नम्वर ९ का अध्यक्ष भूपेन्द्र वरालले स्वागत मन्तब्य राखेका थिए । इटहरी उपमहानगरका अनुसार जनता पार्क शिल्यान्यास गरिएको ठाँउमा ३ विगाह ३ कठठा ३ घुर सार्वजनिक ऐलानी जग्गा छ । त्यही जग्गाको पूर्वतर्फ डिभिएम स्कुलको भवन छ भने स्कुलले कम्पाउण्ड वालसमेत लगाएको छ । त्यहाँ स्कुलका नाममा दुई कित्तामा ६ कठठा पाँच घुर जग्गा छ ।