धरान: १५ औं ललित अमर डिपो कप फुटबल प्रतियोगितामा पुर्वक्षेत्रीय प्रहरी स्कुल र आइडल स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।

डिपोको खेल मैदानमा बिहिबार सम्पन्न क्वार्टरफाइनल खेलमा प्रहरी स्कुलले हिमशिखरलाई र आइडलले मेरिल्याण्ड स्कुललाई हराउदै अन्तिम चारमा स्थापन पक्का गरेको हो । पहिलो क्र्वाटरफाइनल खेलमा हिमशिखर बोर्डिङ स्कुललाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउदै प्रहरी सेमीफाइलन प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा प्रहरीबाट प्रवेश तामाङ, अविन चौधरी, जेसस खड््का र सोनु यादवले गोल गरेका थिए भने हिमशिखरको तर्फबाट नेलशन गुरुङ र सजन राईले मात्र गोल गरे । उक्त खेलको म्यान अफ दि म्याच हिमशिखरका सजन राई भए । यस्तै, दोस्रो सेमीफाइनल खेलमा आइडल स्कुलले मेरिल्याण्ड स्कुललाई १–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्यो । आइडलका आयुष श्रेष्ठले गरेको गोल खेलका निर्णायक बन्यो । उक्त खेलमा मेरिल्याण्डका नाम्योग लिम्वु म्यान अफ द म्याच घोषित भए । डिपो कपमा शुक्रबार विष्णु मेमोरियल स्कुल र लिटल फ्लावर्स, महेन्द्र मेमोरियल र इस्र्टनबीच सेमीफाइनल खेल हुनेछ ।

प्लेट च्याम्पियनको खेल पनि शुरु:

डिपो कपअन्र्तगत बिहिबारदेखि प्लेट च्याम्पियनसिपको खेलहरु पनि शुरु भएको छ । प्लेटतर्फको पहिलो खेलमा आयोजक डिपो स्कुलले नवज्योति स्कुललाई टाइब्रेकरमा २–० गोल अन्तरले हरायो भने अर्को खेलमा सेक्रेटहर्टले पनि सृजना स्कुललाई टाइवेकरमा नै ४–३ गोल अन्तरले पराजित गर्यो । दुवै खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । डिपो कपको पहिलो खेलमा नै पराजित टिमले मात्र प्लेट च्याम्पियन खेल्न पाउछ । प्लेटतर्फ शुक्रबार सत्यशिसु र वेलिवर्स पञ्कन्या, कार्मेल र धरान आदर्शबीच खेल हुनेछ ।