शनिबारदेखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी बिहीबार सार्वजनिक गरिएको छ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सो ट्रफी सार्वजनिक गरिएको हो । प्रतियोगितामा सहभागी हुने ६ टोलीका कप्तान क्रमशः दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, पारस खड्का, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल र शक्ति गौचनले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्सबीच खेल हुनेछ । विराटनगरको कप्तानी पारस खड्का तथा ललितपुरको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन् ।राउण्ड रोविन लिगमा उद्घाटनको अर्को दिनदेखि दुई÷दुई खेल हुने इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए ।
एजेन्सी