सुनसरी: इटहरीमा विश्ववैकको सहयोगमा एक अर्व वढिको कार्यक्रम सञ्चालन हुने भएको छ ।

इटहरी उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुन दाहालका अनुसार शहरी शासकीय क्षमता तथा पूर्वाधार आयोजना अन्र्तगत भौतिक पूर्वाधार सहित उपमहानगरको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन हुने भएको हो । पाँच बर्षसम्म सञ्चालन हुने कार्यक्रमको लागि इटहरीमा ४ वटा ठूला योजना छनौट गरिने छ । विश्व वैकले इटहरी उपमहानगर सहित देशभरका १७ वटा नगरपालिकाहरुमा भौतिक पूर्वाधार सहित नगरपालिकाको क्षमता अभिवृद्धि र ४ वटामा क्षमता अभिवृद्धि कार्यक्रमका लागि १ सय ५० मिलियन डलर सहयोग गर्न लागेको हो ।

इटहरीमा सो कार्यक्रमका लागि कन्सल्टयान्ट नियुक्तिको चरणमा रहेको वरिष्ठ इन्जिनियर दाहालले वताए । त्यसपछि डिपिआर निर्माणको चरणमा पुगिने उनको भनाई छ । विश्व वैकको सहयोगमा सञ्चालन हुने सो कार्यक्रमको तयारीका बारेमा वुधवार काठमाडौमा कार्यशाला पनि सम्पन्न भएको थियो । कार्यशालामा इटहरीउपमहानगरवाट उपमेयर लक्ष्मी गौतम,वरिष्ठ इन्जिनियर अर्जुन दाहाल र प्रशासकीय अघिकृत दीपक दाहाल सहभागी थिए ।