धरान: १५ औ ललित अमर डिपो कपको सेमीफाइनल समीकरण पुरा भएको छ । शुक्रबार सम्पन्न अन्तिम दुई क्वार्टरफाइनल खेलबाट लिटल हर्ट र महेन्द्र मेमोरियल स्कुल दुहबी विजयी भएसँगै सेमीफाइनल समीकरण पुरा भएको हो ।

लिटल फ्लवर्सले विष्णु स्कुललाई १–० गोलअन्तरले हराउदै सेमीफाइनल प्रवेश गरेको छ । लिटल फ्लवर्सका जोलिन राईले गोल गरेका थिए । उक्त खेलमा विष्णु स्कुलका तान्छोहाङ्गमा लिम्वु म्यान अफ द म्याच घोषित भए । अब शनिबार हुने सेमीफाइनल खेलमा लिटल फ्लावर्सले पुर्वक्षेत्रीय प्रहरीको सामना गर्नेछ । यस्तै, महेन्द मेमोरियल दुहवीले इस्र्टन स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्यो ।

महेन्द्र मेमोरियलका सुजन सरदारले गोल गरे । खेलको म्यान अफ द म्याच इस्र्टनका व्रनिल विके घोषित भए । महेन्द्र मेमोरियलले शनिबार सेमीफाइनलमा आइडियल स्कुलको सामना गर्नेछ । शुक्रबार नै प्लेट च्याम्पियन तर्फको खेलमा विलिवर्स स्कुल पञ्चकन्याले सत्यशिसु स्कुललाई २–० गोल अन्तरले हराउदै सेमीफाइनल प्रवेश गर्यो भने धरान आदर्शले कार्मेललाई सडनडेथमा ६–५ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । शनिबार प्लेट च्याम्पियनतर्फ पहिलो सेमिफाइनल खेल डिपो स्कुल र विलिवर्स, सेक्रेटहर्ट र धरान अदर्श विच हुनेछ ।