धरान:धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘धरान नगर स्तरीय खुल्ला लघुकथा प्रतियोगिता’मा पत्रकार प्रविन राई विजेता बनेका छन् ।

शुक्रबार धरान रत्न इनमा सम्पन्न प्रतियोगितामा धरानका रंगकर्मीसमेत रहेका राई विजेता प्रथम भएका हुन् । किरात राई पत्रकार संघको सुनसरी जिल्ला अध्यक्षसमेत रहेका राईले नगद १५ हजार पनि पुरस्कार थापे। उनले ‘दुई कालको बयान’ शिर्षकको लघुकथा वाचन गदै निर्णायकहरुको मन जित्न सफल भएका थिए । त्यसैगरी, ‘पश्चातापको हुरी’ शीर्षकको लघुकथा वाचन गरेका सेम्माङ याख्खा दोस्रो बनिन् । उनले नगद १० हजार हात पारिन् । तेस्रो र चौथो पुरस्कार क्रमसः प्रदिप योङ्गहाङ र हेनसेन याख्खाले जितिन् । उनीहरुले क्रमशः नगद ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको निर्णायकहरुमा प्रा.डा गोपाल भण्डारी, बरिष्ठ पत्रकार एबंम लेखक जनकऋषि राई र महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक एबंम लेखक राजेश बिद्रोही थिए ।

प्रतियोगितामा धरानका विभिन्न क्याम्पस, विद्यालयका २५ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो । प्रतिष्ठानका संयोजक अम्बिका कुमार साम्बाहाम्फेले लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले पहिलो पटक यो प्रतियोगिता गराइएको बताए । साथै उनले यसलाई निरन्तरता दिइने समेत बताए ।