धरान : धरान–१५ का जेष्ठ नागरिकहरुलाई लक्षित गरी शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको छ ।

परिवर्तनको आशा नेपाल धरान शाखाको आयोजनामा तथा १५ नं. वडाको आर्थिक सहयोगमा वडा कार्यलय परिषरमा स्वास्थ्य शिविर गरिएको हो । स्वस्थ्य शिविरमा सुगर, प्रेसर, यूरिक एसिड, वाथ रोगलगायतको रोगको परिक्षण गरिएको संस्थाका महासचिब पूर्ण गुरुङले बताए । उनका अनुसार वडाका ३ सय जना जेष्ठ नागरिकले स्वास्थ्य लाभ लिएका थिए । सामुदायिक अस्पताल इटहरीका अर्थोपेडिक सर्जन डा. कुमार गुरुङ र डा.दिपसुन्दर लिम्बूले चेकजाँच गरेका थिए ।

थालनी पोलिक्लनिक एण्ड डाइग्नोस्टीक सेन्टरले प्राविधिक सहयोगमा गरेको थियो । निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गर्न पाउँदा अधिकांस जेष्ठनागरिकहरु हर्षित देखिन्थे । यसैगरी, धरानको अन्य वडाहरुमा पनि महिला तथा जेष्ठनागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी भइरहेको महासचिब गुरुङले बताए ।