इटहरी:प्रदेश नम्बर १ को केन्द्रको रुपमा विकास भइरहेको इटहरी उपमहानगरपालिका क्षेत्रमा पर्यटकीय पूर्वाधार थपिने क्रम त्यत्तिकै बढिरहेको छ । पछिल्लो समय पर्यटक भित्राउने उद्देश्यले इटहरीका पर्यटन एवम होटल ब्यवसायीहरुले सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याउने भएको छ । पर्यटन ब्यवसाय प्रवर्धनका क्षेत्रमा सक्रिय युवाहरुको करिब अढाई करोडको लगानीमा सुविधा सम्पन्न होटल उत्सव सञ्चलनमा ल्याएको जानकारी दिईएको छ ।
पूर्वको पर्यटन प्रवर्धनमा इटा थप्ने उद्देश्यले यस क्षेत्रमा लगानी गरेको जानकारी दिदै होटल सञ्चालकमध्येका खेमराज घिमिरेले मङ्सीर २४ गते विधिवत उद्घाटन हुने जानकारी दिए । इटहरी उपमहानगरपालिका– ६ मिलनचोकस्थित बुढीगङ्गा किनारको धार्मिक पर्यटन क्षेत्रसँगै रमाईलो दृष्य अवलोकनसँगै पारिवारिक वातावरणमा पूर्वको पर्यटकीय क्षेत्रको अवलोकनलाई मनमोहक तुल्याउन सघाउने उद्देश्येले होटलमा लगानी गरेको युवराज गौतमले जानकारी दिए । सुविधा सम्पन्न कोठाहरु सहित सभा सम्मेलन कक्ष र प्रयाप्त पार्किङ्ग लगायतको ब्यवस्थापनमा युवा ब्यवसायीहरु केपी घिमिरे, मनोज तिम्सिना, खेमराज घिमिरे र पुष्पा तिमिसना समेतको लगानीमा उक्त होटल निर्माण भएको बताईएको छ । उक्त पत्रकार सम्मेलनमा होटल ब्यवसायी सङ्घका उपाध्यक्ष गोविन्द खड्काले पर्यटन विकासमा होटल उत्सवले नयाँ उचाई थपेको विश्वास व्यक्त गरे ।