इटहरीः सगुन कृषि सहकारी संस्थाको आठौ बार्षिक साधारणसभाले विविध कार्यक्रम आयोजना गरी इटहरीमा सम्पन्न गरेको छ ।

सुनसरी जिल्लालाई कृषि यान्त्रीकरण अभियानमा समेट्ने उद्देश्यसहित घर घरमा कागती अभियान चलाउँदै अघि बढेको सगुन कृषि सहकारीले स्थापनाको आठौ बार्षिक साधारणसभामा आई पुग्दा ५ हजार कागतीका विरुवा रोपेर अभियान सफल तुल्याएको घोषणा पनि गरेको छ । मोरङ्ग जिल्लाको बुढीगङ्गा डङ्ग्राहका किसान ढालबहादुर चौधरीले बार्षिक ४० लाख आम्दानी लिने गरी १४ विगाहमा सफल कागती खेती गर्ने सफलता प्राप्त गरेकोमा सम्मान समेत गरिएको छ ।

एक हजार दुई सय सत्रजना शेयर सदस्य रहेको उक्त सहकारीले आठौ बार्षिक साधारणसभा सम्ममा आई पुग्दा ११ करोड बढि लगानी तथा १० करोड बचत गर्न सफल भई सकेको बताईएको छ । इटहरी वडा नं ५ मा एक करोड १६ लाख रुपियाँमा ३ कट्ठा जमिन खरिद गरी चाँडै नै कृषि भण्डार कृषि थोक बजार समेत सञ्चालनको पूर्ण तयारीमा जुटेको पनि जानकारी दिए । टिकादत्त वनको अध्यक्षतामा भएको उक्त सहकारीको साधारणसभा समारहेमा बार्षिक कार्य योजनाका विषयमा भोला बस्नेत तथा आर्थिक रणनीतिका विषयमा लेखा संयोजक शैलेस विष्टले प्रतिवेदन प्रस्तुत गरेका थिए ।