धरान: धरानमा जारी १५ औ ललित अमर डिपो कपमा पुर्व क्षेत्रीय प्रहरी स्कुल र महेन्द मेमोरियल स्कुल दुहबीबीच उपाधिको लागि भिडन्त हुने भएको छ ।

प्रतियोगिताको शनिवार सम्पन्न सेमीफाईनल खेलमा जित हात पार्दै प्रहरी र महेन्द्र मेमोरियल फाइलन प्रवेश गरेपछि दुवैबीच उपाधिको भिडन्त हुने भएको हो । पहिलो सेमीफाइनल खेलमा पुलिसले लिटल प्mलावर्स स्कुललाई ४–० गोलले हराउदै उपाधि नजिक पुग्यो । पुलिसको तर्फबाट सोनु यादवले दुई गोल गरे भने प्रवेश बस्नेत र आर्यन चौधरीले एक एक गोल गरे । खेलमा लिटल प्mलावर्सका प्रभात राई म्यान अफ द म्याच घोषित भए ।

यस्तै, दोस्रो सेमीफाइनल खेलमा महेन्द्रले आइडल स्कुल धरानलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । महेन्द्रका प्रसन्त गच्छेदारले दुई गोल गरे भने सुजन सरदारले एक गोल गरे । सो खेलमा आइडल स्कुलका गोलकिपर सुदिप राई म्यान अफ द म्याच घोषित भए । डिपो कपअन्र्तगतको फाइनल खेल सोमबार पुलिस र महेन्द्र मेमोरियलबीच हुनेछ ।
प्लेट च्याम्पियनतर्फ शनिबार नै भएको सेमिफाइनल खेलमा डिपो स्कुलले वेलिवर्स स्कुललाई १–० र सेक्रेटहर्टले पनि धरान अर्दशलाई १–० गोल अन्तरले नै पराजित गर्दै फाइनल प्रवेश गरेको छ । खेलमा डिपोका विनायक उराउ र सेक्रेटहर्टका अनिस प्रसाईले गोल गरेका थिए । आइतवार डिपो कप अन्र्तगत तेस्रो उपाधिको लागि आइडल र लिटल प्mलावर्स विच खेल हुनेछ भने प्लेट च्याम्पियन उपाधिका लागि डिपो र सेक्रेटहर्टबीच फाइनल खेल हुनेछ ।