साविक विजेता म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग पराजित भएको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले सिटीलाई २(० गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा निगोलो कान्टे र डेभिड लुइजले गोल गरे । पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो ।पहिलो हाफको ४५औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई १/० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको सिटीले दोस्रो हाफमा थप एक गोल खान पुग्यो । खेलको ७८औं मिनेटमा डेभिडले गोल गर्दै चेल्सीलाई २/० गोलको जित दिलाएका हुन् ।खेलअवधिभर बल नियन्त्रणमा लिएपनि सिटीले चेल्सीलाई रोक्न सकेन ।

एजेन्सी