धरान:सुनसरीको धरान उपमहानगरपालिका १३ शिवधारामा कारको ठक्करबाट मोटरसाईकलमा सवार ४ जना घाइते भएका छन् ।

घटना शनिबार दिउँसो पौने ३ बजेको भएको प्रहरीले जनाएको छ । भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा २० च ४१ नम्बरको कारले धरानबाट भेडेटारतर्फ जाँदै गरेको को १२ प ४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलमा सवार रहेका चालक धरान ११ मंलाबरे बस्ने ३० बर्षीय अनिष राई, पछाडी सवार उनकी श्रीमति २९ बर्षीय माया सुब्बा, ८ बर्षीय छोरा छिङगु राई र ९ महिनाका छोरा रोयल राई घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परि घाइते चारै जनालाई उपचारको लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ठक्कर दिने कार, चालक र मोटरसाईकललाई प्रहरीको नियन्त्रणमा राखिएको पनि प्रहरीले जनाएको छ ।