धरान: आफ्नो सीमा क्षेत्रको पर्यटकीय क्षेत्रको विकासमा सहकार्य गर्न धरान उपमहानरपालिका र छिमेकी साँगुरीगढी गाउपालिकाबीच छलफल भएको छ ।

धरान उपमहानगरपालिकाअन्र्तगतको पर्यटन समिति र साँगुरीगढीका जनप्रतिनिधिहरुबीच भएको छललफलले दुवै स्थानीय तहको सीमा क्षेत्रमा रहेको पर्यटकीय एवं ऐतिहासिक क्षेत्रको संरक्षण, संर्वद्धन र प्रर्बद्धन गर्न सहकार्य गर्नेबारे छलफल भएको हो । साँगुरी गढी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुभाष श्रेष्ठले स्थानीय तहबीच पहिलो छलफल उपलब्धीमुलक भएको बताए । साँगुरीगढी गाउपालिकाले चाडै अर्को छलफल आयोजना गर्ने पनि उनले खुलाए । धरानसँग सहकार्य गर्ने प्रस्ताव हाम्रो लागि अवसर हो, उनले भने ।

धरानका पर्यटन समितिका सह संयोजक किशोर थुलुङले भेडेटार, साँगुरीगढी, चाँदी भञ्ज्याङ, सुकेआहाल, झण्डी डाँडा लगायतका पर्यटकीय गन्तब्यहरुलाई दुवै तहलले संयुक्तरुपमा विकास गर्न पहल गर्नुपर्ने बताए । दुवै स्थानीय तहबीच पर्यटन सुचना केन्द्र स्थापना, साहसिक पर्यटन, सास्कृतीक तथा धार्मिक पर्यटन क्षेत्रमा विगतदेखि नै सहकार्य हुदै आएको छ । साँगुरीगढी गाउपालिकाका अध्यक्ष कुमारजंग याख्खाले पनि पर्यटनलाई प्राथमिकतामा राखेको जानकराी दिदै धरानसँग सहकार्य गर्न आफुहरु उत्साहित भएको बताए । होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले भेडेटार, नाम्जे, साँगुरीगढी, लगायत ठाउँहरुको विकास र प्रर्वद्धन हुदा दुवैलाई फाइदा हुने बताए । यसको विकास र प्रर्वद्धनमा दुवै स्थानीय तहबीच सहकार्य आवश्यक भएको उनले बताए ।


धरानका पर्यटन समितका सदस्य एवं साहसिक खेलकुद सम्बद्ध लेखमणी जिमीले धरान र साँगुरीगढीबीच साहसिक पर्यटन र प्राकृतिक सम्पदाहरुको प्रचुर सम्भावना भएकोले सहकार्य आवश्यक रहेको बताए । छलफलमा पर्यटन विकास समिति सदस्य लक्ष्मी लकान्द्री, धरानका आर्थिक विकास महाशाखाका प्रमुख भक्तिराज शर्मालगायत सहभागी थिए । सागरीगढीबाट अध्यक्ष कुमारजंग याख्खा,उपाध्यक्ष विन्द्रा राईसहित कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।