पत्रकार जमाल खशोग्जीको हत्यामा शंकास्पद ठानिएकाहरूलाई सुम्पिन टर्कीले गरेको अनुरोधलाई साउदी अरेबियाका विदेशमन्त्रीले अस्वीकार गरेका छन्। एक साता भन्दा अघि टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनले खशोग्जीको हत्यामा शंकास्पद ठानिएकाहरूलाई टर्की सरकारलाई सुम्पिन माग गरेका थिए। त्यसै विषयमा टर्कीको अदालतले पनि बुधवार पक्राउपूर्जी जारी गरेको थियो। विदेशमन्त्री अदेल अल जुबेरले भनेका छन्, “हामी हाम्रा नागरिकहरूलाई सुम्पिदैनौं” ।

एजेन्सी