धरान : ङाग्युर ङिङ्म ञुङ्ने ल्हाघाङ गुम्बा धरान १५ ले दस करोड बज्र गुरु मन्त्र जप तथा गुरु छेङ्गे छ्याम कार्यक्रमको हिसाब सार्वजनिक गरेको छ। गुम्बाद्वारा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमको आय ब्यय प्रस्तुत गरेको हो । गत कार्तिक २४ गतेदेखि दस दिनसम्म सन्चालन भएको कार्यक्रम मा जम्मा २८ लाख ९४ हजार ७ सय सन्ताउन्न रुपैया संकलन भएकोमा २६ लाख ९२ हजार ९९ रुपैया खर्च गरि २ लाख दुई हजार तीन सय सन्ताउन्न रुपैया बचत भएको जनाएको छ। कार्यक्रममा ५४ क्विन्टल चामल जम्मा भएकोमा खर्च भैइ १९ क्विन्टल चामत बचत भएको सार्वजनिक गरेको छ। कार्यक्रम सन्चालन गर्नको लागि स्थानीय सरकार धरान नगरपालिकादेखि प्रदेश सरकार र संघीय सरकार अन्तर्गत पर्यटन बोर्ड गुम्बा बिकास समितिमा हार गुहार गरेको बताए।तर आश्वासन दिनुभएकोले हामी सहयोगको अपेक्षा सहित रकम निकासा हुनेमा बिश्वस्त रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ। जस अन्तर्गत १५ नमबर वडा समितीले १५ हजार धरान उपमहानगरपालिकाले एक लाख दिने प्रतिबद्धता जनाएको कुरा गुम्बाका अध्यक्ष लोकबहादुर तामाङले जानकारी दिए। यहि कार्तिक २४ गतेदेखि मंसिर ३ गतेसम्म २१ औ अवतारी लामा दुजोम साङ्गे सेपा रिम्पोछेको प्रमुख उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रम १५ जना बढी खेम्पो,८५० जना बढी लोपेन,१ लाख २० हजार भन्दा बढी भक्तजन प्रत्यक्ष सहभागी थिए भने अप्रत्यक्ष रूपमा २० लाख बढिको भक्तजन सहभागी भएको दाबी गरिएको छ। १० करोड मन्त्र जपको लक्ष्य लिएकोमा १२ करोड १६ लाख ८४ हजार ८ सय ८४ संख्या मन्त्र जप भएको जनाएको छ। मन्त्र जपका लागि क्यानडा,म्यान्मार,सिंगापुर,जर्मन,चीन,मलेसिया लगायतका देशबाट समेत भक्तजन आएका थिए। गुम्बाले आगामी दिनमा निशुल्क बुद्ध शिक्षा आर्जन गर्नेको लागि खाद्यान्न खर्च गर्ने जनाएको छ।गुम्बाले आगामी योजनामा दुजोम फाउन्डेसन स्थापना,गुरु छेङ्गे छाम छोग्प,सबै आनि तथा जिन्दाकलाई निशुल्क दुजोम ठेमा पुजा र गाउँका असहाय गरिब बालबालिकालाई निशुल्क पठनपाठनको व्यवस्था गरिने योजना तय गरिएको जनएको छ।12