सुनसरी: नेकपाका नेता योगेश भट्टराईले सरकार गलत दिशामा नभएको वताएका छन् ।
सोमबार इटहरीमा होटल उत्सवको उद्घाटन समारोहमा बोल्दै नेता भटराईले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले सरकारले मज्जाले फडको मार्न नसके पनि सुतेर भने नबसेको दाबी गरे । ‘सरकारले मजाले फड्को मार्न सकेको छैन, तर सुतेर पनि बसेको छैन,’उनले भने,‘अहिलेको सरकार गलत दिशामा छैन ।’

जनस्तरबाट आएका गुनासोप्रति गम्भिर हुदै सरकारलाई गतिशिल बनाइने नेता भट्टराईले बताए । कमि कमजोरी सच्याउदै आगामी वर्ष अझ राम्रो काम हुने उनको दाबी थियो । नीजि क्षेत्रलाई प्रयाप्त काम गर्न सक्ने वातावरण बन्ने पनि उनले बताए ।