धरान: १५ औ ललित अमर डिपो कप २०७५ मा महेन्द्र मेमोरियल स्कुल दुहबी च्याम्पियन बनेको छ । सोमबार सम्पन्न भएको फाइनल खेलमा धरानको प्रहरी स्कुललाई १–० का झिनो गोलअन्तरले हराउदै महेन्द्र मेमोरियल च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक खेलमा महेन्द्रका प्रसुन बस्नेतले निर्णायक गोल गर्दै डिपो कपमा उपाधि दिलाए । उपाधिसँगै महेन्द्र्रले नगद १० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पनि हात पारेको छ । उपविजेता बनेको प्रहरीले नगद ५ हजार , ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा आइडियल स्कुल तेस्रो हुदै नगद ३ हजार र ट्रफी हात पार्यो ।

यस्तै, प्लेट च्याम्पियनतर्फ भने डिपो स्कुल विजेता बन्यो । विजेता डिपोले नगद ३ हजार र ट्रफी हात पार्यो भने उपविजेता सेक्रेटहर्ट स्कुलले नगद २ हजार र ट्रफी हात पार्यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी महेन्द्र मेमोरियल दुहबीका प्रनिश न्यौपाने घोषित भए । उनले नगद १ हजार, ट्रफी र प्रमाणपत्र हात पारे ।

यस्तै, वेस्ट डिफेन्स महेन्द्र स्कुलका अविषेक गुरुङ्ग, हाइ स्कोरर महेन्द्र स्कुलकै सुजन सरदार, वेस्ट गोल किपर क्षेत्रीय प्रहरीका प्रशान्त पौडेलले पुरस्कार हात पारे भने उदयमान खेलाडीको पुरस्कार डिपो स्कुलका विनायक उराव घोषित भए । सन्जिव राइजिङ प्लेयर अफ डिपो स्कुलको पुरस्कयर सृजन मगर घोषित भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई डिपोकय अध्यक्ष श्रवणकुमार लिम्बू, प्रमुख अतिथि एवं प्रदेश १ की सांसद उमिता वराइली, स्कुलका प्रिन्सिपल राजकुमार राई, डिपो कप संयोजक भिमराज लिम्वु लगायतले पुरस्कार वितरण गरेका थिए ।