ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “नीतिगत भ्रष्टाचार रोक्न सामाजिक अगुवाको माग ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । भष्टाचार नियन्त्रणका लागि इटहरीमा केही वर्षअघि स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयले ठूलो काम गर्न नसकेको सामाजिक अगुवाहरुले बताएका छन् । भ्रष्टाचार नियन्त्रणको लागि अख्तियारले गरेको काम सन्तोषजनक नभएको सामान्य नागारिकहर बताउँछन् ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “बसपार्क सञ्चालनमा ढिलाई” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । विराटनगरमा बनेको दुइतले अत्याधुनिक र सुविधासम्पन्न बसपार्क सञ्चालनमा ढिलाई भएको छ । बसपार्क निर्माणको ठेक्का पाएको गौरी पार्वती निर्माण सेवा काठमाडौंले तोकिएकै समयमा काम सम्पन गरे पनि सञ्चालनमा ढिलाई भएको हो । बसपार्क अगाडि प्रवेशद्वारमा निर्माणाधीन ६ लेन सडकको ड्रेन निर्माण नहुँदा बसपार्क सञ्चालनमा आउन नसकेको हो ।


मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “सप्तकोशी सामुदायिक वन लथालिङ्ग” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सामुमदायिक वनमा उपभोक्ता हुन्छन् । उनीहरुका कार्य समिति हुन्छ र त्यस्ले वन हेरालु कर्मचारीको व्यवस्था गरेको हुन्छ । त्यसैबाट वनको निगरानी र संरक्षण हुन्छ भन्ने अहिले सम्म विश्वास गरिदै आएको छ । सुनसरीमा केही सामुदायिक वनले संरक्षणका काम सहित जंगललाई आर्थिक श्रोतका रुपमा पर्यटनको गन्तव्य बनाएर फड्को मारेको उदाहरण पनि छन् । सुनसरीको बराहक्षेत्र नगरपालिकामा २३ भन्दा बढि सामुदायिक वन छन् । अहिले बराहक्षेत्र वडा ७ को सप्तकोशी सामुदायिक उपभोक्ता समुहको खुब चर्चा छ । कार्य समिति सकृय नभएपछि कर्मचारी छैनन् । तलबै नपाएपछि उनीहरु रहने कुरा पनि भएन ।


औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “हिंसाको शुरुवात घरबाटै शुरु हुन्छ : सभामुख भण्डारी ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । भरानमा शुरु भएको लैगिक हिंसा विरुद्धको अभियानको सोमबार समापन गरिएको छ । अभियानको प्रदेश न. १ का सभामुख प्रदीप भण्डारीले धरान १५ स्थित सदन माविमा एक विशेष कार्यक्रमका वीच समापन गरेका हुन् । प्रमुख अतिथी रहेका सभामुख भण्डारीले पहिला घरपरिवारबाटै हिंसा शुरु हुने भएकाले त्यसको अन्त्य घरैबाट गर्नुपर्ने जोड दिए ।